arrow

धरानका हर्क राई बन्न कार्यकर्तालाई माधव नेपालको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
madhavss.PNG

हेटौँडा । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ राई जस्तै बन्न नेकपा (एकीकृत समाजवादी) का कार्यकर्तालाई माधवकुमार नेपालले आग्रह गरेका छन् । 

हेटौँडामा आज नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद दिँदै नेपालले धरान उपमहानगरपालिकामा स्वतन्त्र उठेर प्रमुखमा निर्वाचित बनेका राई जस्तै बन्नका लागि कार्यकर्ताहरूलाई आग्रह गरेका हुन् ।

उनले स्थानीय तह सदस्य पदको निर्वाचनमा देशैभरि आफ्नो पार्टीले निकै ठूलो सफलता प्राप्त गरेको बताए । उनले छोटो समयमा बनेको पार्टी चुनावमा होमिँदा पनि राम्रो सफलता मिलेको भन्दै त्यसका लागि सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गरे ।

अरू पार्टीको तुलनामा एकीकृत समाजवादीले गठबन्धनमार्फत छोटो समयमा महत्त्वपूर्ण सफलता प्राप्त गरेको पनि नेता नेपालले बताए । उनले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सक्रियतापूर्वक अभियानमा होमिन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ