arrow

नेपालगन्जको कार्यपालिकामा कांग्रेस, माओवादी र राप्रपाबीच गठबन्धन 

जसपा गठबन्धनबाट बाहिरियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
nepalgung-upamanagar.PNG

नेपालगन्ज । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम पश्चात् गठन गरिने नेपालगन्ज नगर कार्यपालिकामा नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग गठबन्धन गरेको छ। 

कांग्रेस पार्टी कार्यालय नेपालगन्जमा मङ्गलवार दिउँसो बसेको बैठकमा कार्यपालिका सदस्यहरू बाँडफाँड गर्ने सहमति भएको हो । सहमति अनुसार कांग्रेसले निर्वाचित महिला सदस्य मध्येबाट ३ जना र दलित/अल्पसङ्ख्यकबाट १ जना, माओवादीले निर्वाचित महिला सदस्य र दलित/अल्पसङ्ख्यकबाट १/१ जना तथा राप्रपाले पनि निर्वाचित महिला सदस्य र दलित/अल्पसङ्ख्यकबाट १/१ जना पाउने सहमति भएको छ । नेपालगन्जमा निर्वाचित महिलाबाट ५ जना र दलित/अल्पसङ्ख्यकबाट ३ जना चुन्न निर्वाचन हुँदै छ।

कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य मैकुलाल वाल्मीकि, राप्रपाका केन्द्रीय सहायक महामन्त्री ऋषि देवकोटा, नेकपा माओवादी केन्द्र बाँकेका सचिव डिल्ली प्रसाद बराल, लुम्बिनी प्रदेश कमिटी सदस्य नवीन शर्मा, राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेल, कांग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारी, सचिव सुधांशु कोइराला, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, जिल्ला सदस्य उमा थापा मगर, नेपालगन्ज नगर सभापति एवम् मेयर प्रशान्त विष्ट, राप्रपाका नेपालगन्ज अध्यक्ष मनोज कुमार श्रेष्ठ सहभागी थिए । 

अब कांग्रेस, माओवादी र राप्रपाले सहमति अनुसार मनोनयन दर्ता गर्नेछन् । नेपालगन्जमा कार्यपालिका सदस्य निर्वाचनका लागि भोलि मनोनयन दर्ता हुँदै छ १६ गते निर्वाचन हुनेछ । नगरबाट निर्वाचित ११७ जना मतदाता हुन्छन् । यी मध्ये कांग्रेसका ४२, राप्रपाका १४ र माओवादीका ११ जना गरी कुल ६८ जना छन् । जुन कुन सदस्यको बहुमत हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ