arrow

एमाले दोस्रो बनेपछि ओलीले खोले मुख 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ११ बुधबार
pm-kp-oli3.jpg

काठमाडौं ।  स्थानीय तह चुनावमा एमाले दोस्रो ठुलो दल बन्न पुगेको छ ।   २०७४ को चुनावमा पहिलो बनेको पार्टी दोस्रो बनेपछि नेकपा एमाले अध्यक्ष केपी ओलीले मुख खोलेका छन् । 

एमाले संसदीय दलको बैठकमा ओलीले एमालेमाथि अन्तर्घात भएको निष्कर्ष निकालेका छन् ।  ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रका कारण भन्दा पनि एमाले भित्रैबाट अन्तर्घात भएको बताएका छन् । 

उनले निर्वाचनको समीक्षा गर्नुपर्ने पनि बताएका छन् । यस स्थानीय चुनावमा एमालेले ६ महानगरपालिका मध्ये कुनैमा पनि मेयर पद जित्न सकेन । 

ओलीले झण्डै २ घण्टा निर्देशनात्मक भाषण गरेका थिए  । एमाले नेता  शेरबहादुर  तामाङले भने,'  ओलीले निर्वाचन सत्ता पक्षले खोसे जस्तो भएको वडा सदस्यलाई मत हाल्ने तर वडाध्यक्षलाई नहाल्ने गाउँपालिका -नगरपालिकामा पनि एमाले भित्र खतरनाक ट्रेन्ड आयो भनेर यसैको समीक्षा गर्नुपर्छ भन्नुभयो ।'

तामाङले भने ,'नेकपा  एमाले अहिले पनि प्रतिनिधिसभामा पहिलो पार्टी हो र अब पनि नकपा एमाले पहिलो पार्टी बन्ने कुरा अध्यक्ष ओलीले बताउनुभयो ।'

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ