arrow

नेकपा एमाले इन द रियल सेन्स गभरमेन्ट इन वेटिङ – केपी ओली 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १२ बिहिबार
kp-sharma-oli-parliament-2079.jpg

काठमाडौं । एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले एमाले साँच्चिकै सरकारको प्रतिक्षामा रहेको पार्टी भएको बताएका छन् । उनले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै भने, ‘नेकपा एमाले इन द रियल सेनस गभरमेन्ट इन वेटिङ हो’ भनेका छन् । 

उनले पार्टी संघर्ष गरेर यहाँसम्म आइपुगेको भन्दै कसैले चाहेर सिध्याउन नसक्ने पनि बताएका छन् । 

उनले एमालेमात्र लोकतान्त्रिक पार्टी भएकोसमेत बताए । उनले उनले निर्वाचन स्वच्छ र निष्पक्ष भएको भन्ने सरकारको भनाइप्रति कटाक्ष गरेका छन् । उनले निर्वाचन निर्वाचनजस्तो नै हुनुपर्ने भन्दै स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुनुपर्छ भन्दै उनले बडो मुस्किलले यसपटक निर्वाचन भएको बताए । 

कानूनी व्यवस्थाअनुसार दुई महिनाअगावै निर्वाचन हुनुपर्छ । तर गठबन्धनले पछाडि धकेल्यो । गठबन्धनले गलत अभ्यास बसालेको आरोपसमेत उनले लगाएका छन् । 

आफूहरुको दबाब र अडानका कारण निर्वाचन भएको पनि उनले बताए । 

उनले निर्वाचन धाँधलीरहित हुन नसकेकै कारणले १४ दिनसम्म सबै ठाउँको परिणाम आउन नसकेको आरोपसमेत लगाए । 

उम्मेदवारका घरमा बम पड्काइएको भन्दै ओलीले शान्तिपूर्ण निर्वाचन कसरी भयो भनी प्रश्न गरेका छन् । उनले सत्तापक्षलाई आरोप लगाउन बम आफै पड्किएको हो र ? भन्दै प्रश्न गरे । 

उनले गठबन्धनको घोषित नीतिअनुसार नै धुलो चटाइदिने र पत्तासाफ गराइदिने भएकोसमेत बताए । 

‘म दावा साथ भन्छु एउटा ठाउँमा पनि प्रतिपक्षीका कारणले मतदान स्थगित भएको छैन ।’ उनले भने, ‘जसरी पनि जित्नुपर्छ छोड अरु कुरा’ भनेर उहाँहरुले गीतै बनाउनु भयो । 

उनले ‘२०६४ सालमा हामीले जसरी पनि जित्यौं । ठोकेर जित्यौं । तर हामी सोझा भयौं । हार्यौं । अब ६४ को जस्तै ठोकेरै जित्ने हो’ भनेर माओवादीका शीर्ष नेताले भनेको भन्दै आलोचना गरे । 

ओलीले लोकतन्त्रको धज्जी उडाउने किसिमले नयाँ कीर्तिमान रचेर सरकारले निर्वाचन गरेको आरोपसमेत लगाए । 

उनले पंचायत कालमा पनि हामीले जनपक्षीय भनेर सहभागीता जनाएका थियौं । यस्तो नाङ्गै ढंगमा त पंचायतले पनि नगरेको आरोप लगाए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ