arrow

पोखरामा छैटौं अन्तर्राष्ट्रिय शुभकामना कप हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १४ शनिबार
football11.jpg

पोखरा । हेमजा युनाइटेड क्लवद्धारा आयोजित छैटौं अन्तर्राष्ट्रिय शुभकामना कपको मिति सार्वजनिक भएको छ । प्रतियोगिता आगामी असार ४ गतेदेखि गौरीशंकर खेल मैदानमा सञ्चालन हुँदैछ ।

प्रतियोगितामा ए डिभिजन र आयोजकसहित आठ टिमको सहभागिता रहनेछ । मिति तय भएसंगै प्रतियोगिताको तयारी तीव्र बनाइएको छ । 

युवा एकता र विकासका लागि खेलकुद भन्ने मूल उद्धेश्यका साथ प्रतियोगिता आयोजना गरिएकोे क्लवका अध्यक्ष ईन्द्रबहादुर कुवरँले जानकारी दिए । 

खेलकुदको माध्यमबाट युवाबीच एकता र भाइचारा सम्बन्ध बढाउँदै सृजनात्मक तथा रचनात्मक काममा अघि बढाउने र एकेडेमी संचालन गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले तीन लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक ईन्द्रप्रसाद त्रिपाठीले जानकारी दिए । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही २०/२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

प्रतियोगिताको सर्वाधिक गोलकर्ता र अनुशासित टिमले २५/२५ हजार रुपैयाँ प्राप्त गर्ने संयोजक त्रिपाठीले जानकारी दिए ।

प्रतियोगिताबाट ६३ लाख ५० हजार आम्दानी तथा ६१ लाख ६८ हजार पाँचसय रुपैयाँ खर्च हुने अनुमान गरिएको अर्थ समिति संयोजक जगत थापाले जानकारी दिए ।  



नयाँ