arrow

प्रदेश स्तरीय जिम्न्यास्टिक कास्कीका रोशन पुन र सीताले जिते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १४ शनिबार
gymnastic kaski.jpg

पोखरा । प्रथम गण्डकी प्रदेशस्तरीय जिम्न्यास्टिक प्रतियोगितामा कास्कीका रोशन पुन र सीता कुमारी खड्काले जितेका छन् ।

कास्की जिल्ला जिम्न्यास्टिक संघले पोखरामा आयोजना गरेको प्रतियोगितामा महिलातर्फ सीताकुमारी प्रथम,  सुबी भासिका द्वितीय र कृति खत्री तृतीय भए । 

यता, पुरुषतर्फ रोशन प्रथम, कास्कीकै विशाल पुन द्वितीय र बाग्लुङका कृष्ण कँडेल तृतीय भए ।

विजेताहरुलाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ, जिम्न्यास्टिक संघका केन्द्रीय सदस्य योगेन्द्र गुरुङलगायतले उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ