arrow

स्थानीयको खबरपछि घटनाको पुष्टि गर्न सेनाको टोली पैदल जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
nepal-army-new.jpg.jpeg

काठमाडौं । सम्पर्कविहीन रहेको तारा एयरको ट्विनअटर नाइन एनएइटी जहाजको खोजी तीव्र रूपमा भइरहेको छ ।  तारा एयरको जहाज मुस्ताङको लेतेमा दुर्घटना भएको भन्ने खबर स्थानीयले दिएका छन् । घटनाको आधिकारिक पुष्टि भने भएको छैन । 

स्थानीयले सो खबर गरेसँगै घाँसामा रहेको नेपाली सेनाको टोली पैदल सो स्थान गएको छ । सरकारी अधिकारीहरूका अनुसार तारा एयरको विमान लेते क्षेत्रसम्म सम्पर्कमा रहेको बताइएको छ । शिख भन्दा केही पर मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ३ मा पर्छ लेते।

३ नम्बर वडा लेतेका वडा अध्यक्ष हरिप्रसाद गौचनले भने विमानको कुनै गतिविधिबारे आफले जानकारी पाइ नसकेको हाम्रा कुरासँग बताएका छन् । 

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्ति जारी गर्दै पोखराबाट स्थानीय समयअनुसार बिहान ९:५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०:७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चात् उक्त जहाज सम्पर्कविहीन भएको जनाएको छ ।

जहाजको अवस्थाका बारेमा खोजतलासका लागि फिस्टेल एयरको हेलिकप्टरलाई त्यसतर्फ पठाइएकामा प्रतिकूल मौसमका कारण उक्त हेलिकप्टर पुन:जोमसोम नै फर्किएको छ । 

स्थल मार्गबाट खोजी कार्य गर्न नेपाली सेना र नेपाल प्रहरीसमेत त्यसतर्फ प्रस्थान गरिसकेको केन्द्रले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ