arrow

पैदल गएको सेनाले फेला पारेन विमान, खोजीकार्य जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
helicoptor-army.jpg

काठमाडौं । नेपाली सेनाले तारा एयरको जहाज दुर्घटना भएको भन्ने खबर पाए पनि पत्ता लगाउन सकेको छैन । विमान मुस्ताङको लेतेमा दुर्घटना भएको भन्ने खबर स्थानीयले दिएका थिए । सेनाले अनुमानित दुई तीन स्थानमा पैदल खोज गरे पनि विमान भेटाउन सकेको छैन । 

पोखराबाट स्थानीय समयअनुसार बिहान ९:५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०:७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चात् उक्त जहाज सम्पर्कविहीन भएको थियो ।

स्थानीयले सो खबर गरेसँगै घाँसामा रहेको नेपाली सेनाको टोली पैदल सो स्थान पुगेको थियो । 

यता पोखराबाट पनि सेनाको हेलिकप्टर विमान खोजीका लागि गएको छ । नेपाली सेनाका जर्नेल बाबुराम श्रेष्ठ नेतृत्वको टोली त्यसतर्फ गएको हो ।

सरकारी अधिकारीहरूका अनुसार तारा एयरको विमान लेते क्षेत्रसम्म सम्पर्कमा रहेको बताइएको छ । शिख भन्दा केही पर मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ३ मा लेते पर्छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ