arrow

बाक्लो हुस्सुका कारण सेनाको हेलिकप्टर कोवाङमा अवतरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
helicoptor-army1.jpg

गण्डकी । पोखराबाट जोमसोम उडानका क्रममा हराइरहेको तारा एयरको जहाज खोज्न मौसमको प्रतिकूलताले कठिनाइ भएको छ ।

बाक्लो हुस्सु लागेका कारण पोखराबाट खोजीका लागि गएको नेपाली सेनाको हेलिकप्टर कोवाङमा अवतरण भएको र अर्को फिस्टेल एयरको हेलिकप्टर जोमसोम विमानस्थलमा रहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिए । 
    
पोखराबाट मुस्ताङको जोमसोमका लागि आज बिहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएसँगै त्यसको खोजीकार्यलाई तीव्र बनाइएको छ ।

यसअघि जहाज खोज्न परिचालन गरिएको फिस्टेल एयरको हेलिकप्टर प्रतिकूल मौसमका कारण जोमसोम फर्किएको थियो । स्थानीय बासिन्दाले धौलागिरि र मानापाथी हिमालको बीचतिर जहाज हराएको हुनसक्ने आशङ्का गरेका कारण उक्त क्षेत्रमा स्थलमार्ग हुँदै नेपाली सेना, प्रहरी, सशस्त्रसहितको टोली गएको पाण्डेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ