arrow

भेटियो विमान !

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
tara-airlines-111.jpg

काठमाडौं । आज बिहान ९:५५ बजेबाट सम्पर्कविहीन रहेको तारा एयरको ट्विनअटर नाइन एनएइटी जहाज दुर्घटना अवस्थामा फेला परेको बताइएको छ । मुस्ताङको मानापाथी हिमाल नजिक विमान फेला परेको बताइएको छ ।

पोखराबाट जोमसोम उडानका क्रममा हराइरहेको तारा एयरको जहाज जलिरहेको भेटिएको हो । नेपाली सेनाका अनुसार हिमालको फेदको गहिरो खोचमा रहेको स्थानीयले बताएका छन् । घटनाको आधिकारिक पुष्टि भने भएको छैन ।  

घटनास्थल मानापाथी हिमाल मुस्ताङको थासाङ गाउँपालिकामा पर्छ।

पोखराबाट स्थानीय समयअनुसार बिहान ९:५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०:७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चात् उक्त जहाज सम्पर्कविहीन थियो ।

यता बाक्लो हुस्सु लागेका कारण पोखराबाट खोजीका लागि गएको नेपाली सेनाको हेलिकप्टर कोवाङमा अवतरण भएको र अर्को फिस्टेल एयरको हेलिकप्टर जोमसोम विमानस्थलमा रहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिएका छन् । 
    



नयाँ