सर्वोच्चको रोकबीच सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न छुट्टायो रकम
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
422
Shares
काठमाडौं । सरकारले बाराको निजगढमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बढाउने भएको छ । त्यसका लागि बजेटसमेत बिनियोजन गरिएको छ ।
सर्वोच्च अदालतले बिहीबार निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न फैसला गरेको अवस्थामा अर्थमन्त्री जनार्दन शर्माले भने निर्माण कार्यका लागि बजेट बिनियोजन गरेका हुन् ।
उनले बजेट भाषण गर्ने क्रममा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा भने, ‘निजगढ विमानस्थल पुनर्निर्माणको लागि ढाँचा निर्माण गरी लगानी बोर्ड नेपालमार्फत आयोजना विकास कार्य अगाडि बढाइनेछ ।’
अन्य विमानस्थलको सुधारका लागि पनि उनले बजेट बिनियोजन गरेका छन् ।