arrow

तारा एयरले भन्यो - सम्पर्कविहीन विमानको खोजी कार्य भइरहेको छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
tara-airlines-111.jpg

काठमाडौं ।  तारा एयरले सम्पर्कविहीन विमानको खोजी कार्य भइरहेको जनाएको छ ।

 तारा एयरले आज एक विज्ञप्ति जारी गरी आज बिहान ९:५५ बजे पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन-एइटी-डिएचसी-६ ट्विनअटर विमान सम्पर्कविहीन भएको भन्दै उक्त विमानको खोजी कार्य भइरहेको जनाएको हो ।

सम्पर्कविहीन भएको विमान अन्तिम पटक जोमसोम टावरसँग १०:०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चात् सम्पर्कविहीन भएकाले खोजी कार्य भइरहेको जनाएको छ ।

सम्पर्कविहीन विमान खोज्न जोमसोमबाट हेलिकप्टर पठाइए पनि प्रतिकूल मौसमका कारण उक्त हेलिकप्टर पुनः जोमसोम फर्किएको विज्ञप्तिमा उल्लेख छ । 

उक्त विमान खोजी तथा उद्धारका लागि काठमाडौँ, पोखरा तथा जोमसोम विमानस्थलमा हेलिकप्टरहरू तयारी अवस्थामा राखिएको र मौसम सुधार हुनासाथ खोजी कार्य पुनः सुरु गरिने तारा एयरले जनाएको छ ।

यस्तै, नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्धार टोली स्थल मार्गमार्फत सम्भावित घटनास्थलसम्म गइरहेको बताइएको छ । 

उक्त विमानमा चालक दलका तीन सदस्य, दुई जर्मन नागरिक, चार भारतीय नागरिक र १३ जना नेपाली गरी जम्मा २२ जना सवार रहेको सो एयरलाइन्सले जनाएको छ ।



नयाँ