arrow

मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए गोले परिवार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १६ सोमबार
tara-airlines-111.jpg

धनुषा । सम्पर्कविहीन भएको तारा एयरको विमानमा मुक्तिनाथ दर्शनका लागि हिँडेका सात जनाको गोले परिवार पनि रहेको  पुष्टि भएको छ । 

आइतवार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको विमानमा धनुषाका गोले परिवारका सात जना रहेका हुन् । विमान बेपत्ता भएको खबरले परिवारमा रुवावासी चलेको छ भने गाउँनै शोकाकुल बनेको छ । 

विमानमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ । 

पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज अहिले पनि पत्ता लागेको छैन । 

सो एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ ।

सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार रहेको जनाइएको छ ।



नयाँ