संसदमा एमाले उपाध्यक्षले भने - मुलुकको अवस्थालाई ख्याल नगरी बजेट ल्याइयो
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १७ मंगलबार
816
Shares
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकको अवस्थालाई ख्याल नगरी बजेट ल्याइएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९-८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफलमा भाग लिँदै पौडेलले यस्तो बताएका हुन्
आर्थिक सङ्कटको डिलमा पुगेको मुलुकको अवस्थालाई ख्याल नगरी बजेट ल्याइएको उनको भनाइ थियो । उनले आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य आधारहीन रहेको आरोप लगाए ।
पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले भने, “नाराहरु जतिसुकै सुन्दर भए पनि प्रस्तुत बजेट उल्टो दिशातर्फ उन्मुख छ ।”
उनले पाँच महिना अवधि बाँकी रहेको सरकारले भर्खरै निर्वाचनपछि निर्मित सरकारले झैँ आर्थिक बोझ पर्ने गरी बजेट ल्याएको टिप्पणी गरे।
पौडेलले उक्त बजेट मतदातालाई रिझाएर आउने निर्वाचनमा भोट प्रभावित गर्ने उद्देश्यबाट प्रेरित भएको आरोप लगाए ।
सो छलफल र जवाफका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही जेठ १७, १८ र १९ गतेका दिनहरु तोकेका छन् ।