arrow

प्रशान्त टापुका देशसँग घनिष्ठ सहयोगका लागि सीको आह्वान

logo
सिन्ह्वा,
प्रकाशित २०७९ जेठ १७ मंगलबार
xi-jing-ping.png

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले प्रशान्त टापुका देशसँग घनिष्ठ सहयोगका लागि आह्वान गरेका छन् । सोमबार दोस्रो चीन-प्रशान्त टापु राष्ट्रहरूका विदेश मन्त्रीहरूको बैठकमा लिखित मन्तव्य व्यक्त गर्दै उनले प्रशान्त टापुका देशको साझा भविष्यका निम्ति यस क्षेत्रका राष्ट्र अझ निकटमा रहेर समुदाय निर्माण गर्नु आवश्यक भएको बताए ।

हालैका वर्षहरूमा चीन र प्रशान्त टापुका देशहरूबीचको व्यापक रणनीतिक साझेदारीले पारस्परिक सम्मान र साझा विकासलाई निरन्तरता दिएको छ भने त्यसले दक्षिण-दक्षिण सहयोग र पारस्परिक लाभको लागि राम्रो उदाहरण प्रस्तुत गरेको राष्ट्रपति सीले बताए । 

सन् २०२१ को अक्टोबरमा औपचारिक रूपमा स्थापना भएको चीन-प्रशान्त टापु देशका विदेश मन्त्रीहरूको बैठकको संयन्त्रले दुवै पक्षलाई सघन वार्ता गर्न तथा  आपसी विश्वास र सहयोग बढाउन महत्वपूर्ण मञ्च प्रदान गरेको उनले उल्लेख गरे ।

चीन र प्रशान्त टापुका देशहरूबीचको दूरीको बाबजुद पनि बेइजिङले राष्ट्रपति सीको मार्ग निर्देशनमा चुनौतीहरूको संयुक्त रूपमा सामना गर्न र विकासका अवसरहरू खोज्न प्रशान्त महासागरका टापु देशहरूसँग घनिष्ठ सम्बन्ध बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।



नयाँ