arrow

निर्वाचनमा असहयोग गर्ने बाँके कांग्रेसका तीन दर्जन नेताकार्यकर्ता कारबाहीको दायरामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १७ मंगलबार
congress-banke.PNG

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेको जिल्ला अनुशासन शाखाले वैशाख ३० गते भएको पालिका निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने तीन दर्जन नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोध्न जिल्ला कार्यसमितिलाई सिफारिस गरेको छ । 

जिल्ला अनुशासन शाखाका संयोजक टङ्कप्रसाद काफ्ले (आशिष्) को अध्यक्षतामा मङ्गलवार दिउँसो बसेको बैठकले तल्ला कमिटीबाट आएका सिफारिसलाई अनुमोदन गर्दै जिल्ला कार्यसमितिलाई पठाएको हो । अब जिल्ला कार्यसमितिले उनीहरूलाई स्पष्टीकरण सोध्नेछ । स्पष्टीकरण चित्त नबुझे कारबाहीका लागि प्रदेश समितिलाई सिफारिस गर्ने कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बताए । 

पालिकाको चुनावमा कांग्रेसका आधिकारिक उम्मेदवारहरूलाई असहयोग गरेपछि तल्ला कमिटीले ती नेता तथा कार्यकर्ताहरूको नाम लिस्टिङ गरेर अनुशासन शाखामा पठाएका थिए ।

पालिकाको चुनावमा असहयोग गर्नेमा सबैभन्दा धेरै जानकी, नरैनापुर र नेपालगन्जका नेता तथा कार्यकर्ताहरू रहेको संयोजक काफ्लेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ