१२ वर्षीया बालिका ६१ वर्षे पुरुषको यौन दुर्व्यवहारमा
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १८ बुधबार
812
Shares
तस्बिर– सांकेतिक
बर्दिया । बर्दियामा एक १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको छ । ती बालिकालाई यौन दुर्व्वहार गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका–३ बिपतपुर बस्ने ६१ वर्षीय दुखवा थारुलाई मंगलबार पक्राउ गरेको छ ।
थारुले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धनौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।