arrow

वाइवाइले फहरायो इजिप्टमा नेपालको राष्ट्रिय झण्डा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २० शुक्रबार
chaudhary-groups-egypt.jpg

काठमाडौँ। सिजी कर्प ग्लोबलले इजिप्टमा चन्द्र सूर्य अङ्कित नेपाली राष्ट्रिय झण्डा फहराएको छ। नेपालको विश्वव्यापी लोकप्रिय ब्रान्ड वाइवाइको इजिप्टमा प्लान्ट स्थापना गर्ने योजना कार्यान्वयनसँगै त्यहाँ नेपाली झण्डा पनि फहराएको हो।

सिजी कर्प ग्लोबल नेपालका एक्ला अर्ब पति विनोद चौधरीका गैर आवासीय नेपाली (एनआरएन) छोराहरूद्वारा प्रवर्धित कम्पनी हो। उक्त कम्पनीले विश्वव्यापी रूपमा वाइवाइको विस्तारका अतिरिक्त हस्पिटालिटी क्षेत्रमा लगानी गर्नुका साथै सिजीलाई एसियाको एक द्रुततर गतिमा सफलता हासिल गर्ने कम्पनीका रूपमा स्थापित गरेको छ। विनोद चौधरी अहिले नेपाली काँग्रेसको नेताका रूपमा राजनीतिमा सक्रिय छन्।

बिहीबार इजिप्टको बेनिसफमा आयोजित एक कार्यक्रमकाबीच वाइवाइ प्लान्टको शिलान्यास गरिएको हो। इजिप्टस्थित नेपाली दुतावासका चार्ज डी अफेयर्स दीपक घिमिरे र सिजी कर्प ग्लोबलका वरिष्ठ अधिकारीहरू उक्त कार्यक्रममा सहभागी थिए। वाइवाइको प्लान्ट शिलान्याससँगै उद्योग स्थापना हुने ठाउँमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ।

सिजी कर्प ग्लोबलले विश्वव्यापी आफ्ना आइकनिक प्रोपर्टीहरूमा नेपालको झण्डा फहराई रहेको छ। दुबईस्थित जेएलटी होटेल, काजखस्थितस्थित वाइवाइ प्लान्ट लगायतका ठाउँहरूमा यसअघि नै नेपाली झण्डाले नेपालको शान बढाइरहेको छ।

वाइवाइ अन्तर्राष्ट्रिय बजारमा नेपालको सबैभन्दा प्रख्यात ब्रान्ड हो। नेपाल, भारत, बङ्गलादेश, युरोप, युरेसिया, सेन्ट्रल एसियाबाट वाइ वाइ उत्पादन हुँदै आएको छ। विश्व नूडल्स बजारमा तीन प्रतिशतको हिस्सा ओगट्दै वाइवाइ एक सशक्त ब्रान्ड बनेको छ।



लोकप्रिय समाचार
नयाँ