पाँचथरमाको जिसस प्रमुखमा काँग्रेसका आङदेम्बे र उपप्रमुखमा माओवादीका आङबो सर्वसम्मत
जितेन्द्र भण्डारी,
प्रकाशित २०७९ जेठ २१ शनिबार
1.2k
Shares
पाँचथर। जिल्ला समन्वय समिति पाँचथरमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरू मात्र निर्वाचित भएका छन्। गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मात्र उम्मेदधारी दर्ता गराएका थिए।
प्रमुखमा काँग्रेसका रामराज आङदेम्बे र उपप्रमुख नेकपा माओवादी केन्द्रका यामकुमार आङवो सहितको पुरै टिमले उम्मेदधारी दर्ता गराएका हुन्।
सदस्यहरूमा काङ्ग्रेसबाट डीलेन्द्रकुमार शेर्मा,टेकराज योङहाङ र हिमवती जवेगुको उम्मेदधारी दर्ता हुँदा नेकपा माओवादी केन्द्रको तर्फबाट रिना गुरुङ मणिकुमार थाम्सुहाङ,अमृत राई र नेकपा एकीकृत समाजवादीको तर्फबाट लेन्जु थाम्सुहाङको उम्मेदधारी दर्ता भएको हो।
जिल्ला समन्वय समितिमा आवश्यक ९ जनाको मात्र उम्मेदधारी दर्ता भए पछि पुरै टिम निर्विरोध निर्वाचित भएको सहायक निर्वाचन अधिकृत राजन सुबेदीले जानकारी दिए।
निर्वाचन कार्यतालीका अनुसार उम्मेदवार माथि दाबी विरोधको कार्यतालीका आइतवारसम्म भए पनि अरू कसैको उम्मेदधारी नपरेकाले कानुन अनुसार दाबी विरोध नहुने सुबेदीले बताए। आवश्यक ९ जनाको मात्र उम्मेदधारी परेकाले शनिवार १ बजे शपथ गराउने तयारी रहेको सुबेदीले जानकारी दिए।
जिल्ला समन्वय समितिका लागी काँग्रेस सँग ७ मत भार, नेकपा माओवादी सँग ६ मत भार र एमाले सँग ३ मत भार रहेको छ। जिल्ला समन्वय समितिमा निर्वाचित हुनको लागी ८ मत भार चाहिन्छ। काँग्रेस र माओवादी मिल्दा १३ मत पुग्छ।
जिल्ला समन्वय समितिका लागि स्थानीय तह प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यले उम्मेदवारी दिन पाउनेछन्। मत भने स्थानीय तह प्रमुख र उपप्रमुखले मात्रै दिन पाउने व्यवस्था छ।