arrow

कांग्रेसबाट जिसस बाँके प्रमुखमा चौधरी र उपप्रमुखमा कार्की उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २५ बुधबार
bake-jissa.jpg

नेपालगन्ज । नेपाली कांग्रेसले जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा ज्ञानेन्द्र कुमार चौधरी र उपप्रमुखमा सीता कार्कीलाई उम्मेदवार बनाएको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय बोर्डको बैठकले चौधरी र कार्कीलाई प्रमुख र उपप्रमुखको उम्मेदवार बनाएको कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले बताए । चौधरी यसअघि जिल्ला समन्वय समितिमा उपप्रमुख थिए । उनी डुडुवाका हुन् । कार्की कोहलपुरकी हुन् । जिल्ला समन्वय समितिको जेठ २७ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ । मनोनयन दर्ताको समय दिउँसो २ बजेसम्म तोकिएको छ । जिल्ला समन्वय समितिमा कांग्रेसको स्पष्ट बहुमत छ । कांग्रेसका १२ जना मतदाता छन् । 

गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरू समेत जिल्ला समन्वय समिति प्रमुखमा उम्मेदवार हुन पाउँछन् । जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख चुनिनका लागि मतदान भने गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मात्रै गर्न पाउँछन् ।

जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुख सहित ९ सदस्य निर्वाचित हुन्छन् । समितिमा तीन सदस्य महिला अनिवार्य हुने व्यवस्था छ । स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरू समेत जिल्ला समन्वय समितिमा उम्मेदवार हुन पाउँछन् ।

अन्य तीन जना सदस्यहरू गाउँपालिका र नगरपालिकाबाट निर्वाचित सदस्यहरूबाट उम्मेदवार भएर आउँछन् । उनीहरू पनि जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख जस्तै गरी निर्वाचित हुनुपर्ने ऐनमा व्यवस्था छ ।

जिल्ला समन्वय समिति गठन भएपछि जिल्ला सभा गठन हुनेछ । जिल्ला सभाको प्रमुख र उपप्रमुखमा जिल्ला समन्वय समितिकै प्रमुख र उपप्रमुख हुनेछन् भने गाउँपालिका र नगरका प्रमुख उपप्रमुखहरू पदेन सदस्य हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ