arrow

सरकारलाई विना मगरको सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २५ बुधबार
bina-magars.jpg

काठमाडौं ।  माओवादी केन्द्रकी सांसद विना मगरले कृषकले उत्पादन गरेको बस्तुको सरकारले बजार व्यवस्थापन गर्नुपर्ने बताएकी छन् । आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताइन् । 

सरकारलाई सुझाव दिँदै उनले भनिन्,' कृषि मन्त्रालयले आसा लाग्दा कुराहरू प्रस्तुत गरेको छ । कृषिमा देखिएको जटिलताहरू गम्भीर छ ।  बर्खा यममा सिचाइ र मलको अभाव छ ।  सधैँ किसानहरूलाई सरकारले कृति औद्योगीकरण तिर प्रस्तुत गर्ने तर मल र पानीको सङ्कटबाट किसान गुज्रिएका छन् ।' 

उनले   कृषिमा व्यवसायीकरण गर्न नेपाली कृषक सक्षम भएको बताइन् । उनले भनिन्,' कृषिमा व्यवसायीकरण गर्न नेपाली किसान सक्षम छन् तर त्यसको व्यवस्थापन सरकारले गर्नुपर्छ ।  एउटा कृषकले उत्पादन गरेपछि सरकारले बजार व्यवस्थापन गर्नुपर्छ ।  त्यस्तो सम्भावनाको सरकारले अवमूल्याङ्कन गरेको छ ।' 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ