arrow

विना मगरलाई स्थानीयले आफ्नै जिल्लाबाट यसरी लखेटे(भिडियो)

शनिवार पद्मा अर्याल पनि लखेटिएकी थिइन आफ्नै जिल्लामा

logo
प्रकाशित २०७७ पुष २६ आइतबार
binamagar.jpg

काठमाडौं। कृषीमन्त्री पद्मा कुमारी अर्याल आफ्नै गृहजिल्लामा लखेटिएकै भोलिपल्ट आइतवार पूर्वमन्त्री तथा नेकपा नेतृ विना मगर आफ्नै गृहजिल्ला कंचनपुरबाट लखेटिएको पुरानो भिडियो भाइरल बनेको छ । केहि दिनदेखि आफ्नै निर्वाचन क्षेत्र समेत रहेको कंचनपुरमा रहेकी उनलाई स्थानियहरुले ढुंगामुढा गर्दै लखेटेको भन्दै २०७६ सालको भिडियो भाइरल भएको हो । नेकपा प्रचण्ड माधव खेमाले केपी ओली नेतृत्वको नेकपाले मगरमाथि भएको पुरानो भिडियो बाहिर ल्याएर गैरराजनीतिक संस्कार प्रदर्शन गरेको बताएको छ।

केपी ओली धनगढीमा गएर संवोधन गरेपछि सो खेमाको मनोबल उच्च भएको छ । सुदुरपश्चिममा नेकपामा भीम रावलको पकड मानिदै आएको थियो । तर रावलको पकडलाई लेखराज भट्टले चुनौती दिएपछिको अवस्थामा भट्ट अहिले ओली खेमामा खुलेका मात्र छैनन् त्यस क्षेत्रको कमाण्डर बनाइएका छन् । भट्ट समर्थकहरु अहिले आफ्नो संगठन र प्रभाव बढाउन लागिरहँदा कंचनपुरबाटै निर्वाचित सांसद तथा प्रचण्डकी बुहारी विना मगर उनीहरुको निशानामा परेका छन् । 

शनिवार स्याङ्जामा कांग्रेस कार्यकर्ताहरुको पद्मा अर्याल लखेटाइमा परेपछि त्यसबाट ध्यान हटाउन आइतवार नेकपाकै ओली खेमाले विनालाई आक्रमण गरेको पुरानो भिडियो भाइरल बनाएको विना निकटहरु बताउँछन् । शनिवार स्याङजामा पद्मालाई कांग्रेस कार्यकर्ताहरुले कालोझण्डा देखाउँदै लखेटेका थिए । सासू सीता दाहाललाई उपचारका लागि मुम्बई लगिए लगत्तै विना आफ्नो निर्वाचन क्षेत्र रहेको कंचनपुर गएकी थिइन । विना कंचनपुरमै भएको बेला फेरि भाइरल बनाइएको भिडियो अहिलेकै हो की जस्तो गरि प्रसार गरिएको छ । यद्यपी यो घटनाले आगामी दिनमा उनको लागि कंचनपुरमा स्थिति जटिल हुनसक्ने आँकलन गरिएको छ । यो घटनाले नेकपाको द्वन्द अझ गहिरिने संकेत पनि देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ