- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसमा जसपाको विभाजनले चुनावी परिणाममा असर गरेको स्वीकार गरेका छन् । बुधवार महोत्तरी पुगेर यादवले पार्टी पराजयको स्वीकार गरेका हुन् ।
विगतमा भएका कमीकमजोरीको समीक्षा गर्दै अघि बढ्न आवश्यक भएको यादवले बताए । आफ्नै दल (जसपा) बाट विभाजित भएको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोकतान्त्रिक गठबन्धनमा सहभागी भए स्वागत गर्ने यादवको भनाइ छ ।
मधेसको मत बाँडिएपछि मधेसलाई नोक्सान हुने गरेको उल्लेख गर्दै उनले अब फुटेर नभई जुटेर अघि बढ्नुपर्ने उल्लेख गरे ।
अध्यक्ष यादवले संसद्बाट नागरिकता विधेयक पारित गर्ने र नागरिकताविहीनलाई नागरिकता दिँदै अबको चुनावमा मतदाता सूचीमा नाम राखिने बताए ।
महोत्तरीका १५ स्थानीय तहमध्ये जसपाबाट जिल्ला सदरमुकाम जलेश्वर र गौशाला नगरपालिकामा प्रमुख/उपप्रमुख एवम् सम्सी, एकडारा र पिपरा गाउँपालिकामा अध्यक्ष-उपाध्यक्ष र महोत्तरी गाउँपालिकामा उपाध्यक्ष निर्वाचित भएका छन् ।
त्यसैगरी जिल्लाका १३८ वडामध्ये ३० वडामा जीत हात पारेको छ ।