arrow

भारतीय क्रिकेट कप्तान मितालीको संन्यास

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २५ बुधबार
mithali-raj-cricket-india.jpg

काठमाडौं । भारतीय महिला क्रिकेट कप्तान मिताली राजले सन्यास लिएकी छिन् । उनले सबै ढाँचाको क्रिकेटबाट संन्यास लिएकी हुन् । 

सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै ३९ वर्षीया मितालीले यसबारेमा जानकारी दिएकी हुन् । अब उनले जीवनको दोस्रो इनिङ्सका लागि फोकस गर्ने पनि बताएकी छिन् । तर दोस्रो इनिङ्स के हो भनेर भनेकी छैनिन् । 

उनले ट्वीटरमा लेखेकी छिन्, ‘भारतीय निलो जर्सी लगाउन मैले सानी बच्ची जसरी शुरुआत गरेकी थिएँ । किनकि आफ्नो देशको प्रतिनिधित्व गर्नु सबैभन्दा ठूलो सम्मान हो । यो यात्राका क्रममा मैले राम्रो नराम्रो सबै देखेँ । हरेक घटनाले मलाई केही न केही नयाँ कुरा सिकायो । यो २३ वर्ष मेरो लागि निकै चुनौतीपूर्ण, सुखद र परिपूर्ण रह्यो । सबै यात्रा जस्तै यसलाई पनि सकिनु थियो । मैले आज अन्तर्राष्ट्रिय क्रिकेटका सबै ढाँचाबाट संन्यास लिँदैछु ।’

मितालीले सन् १९९९ को जुन २६ तारिखमा भारतका तर्फबाट डेब्यु गरेकी थिइन् । २३ वर्षको अवधिमा उनले भारतका लागि १० हजारभन्दा बढी रन बनाइन् । 

उनले सन् २००० मा भारतका लागि पहिलो विश्वकप खेलेकी थिइन् । त्यसपछि २००५, २००९, २०१३, २०१७ र २०२२ मा विश्वकप खेलिन् । उनले विश्वकै सर्वाधिक विश्वकप खेल्ने खेलाडीमा सबैभन्दा माथि आफ्नो नाम लेखाएकी छिन् । 

पुरुषतर्फ भारतीय पूर्व क्रिकेट कप्तान सचिन तेन्दुलकरले पनि छ विश्वकप खेलेका थिए । मितालीलाई महिला क्रिकेटकी सचिन तेन्दुलकर भनिन्छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ