arrow

एमालेसँग एक्लै लड्ने आँट कसैको छैन : ओली

 गठबन्धन फुटे धुलोपिठो हुने दाबी

logo
विवेक मिश्र,
प्रकाशित २०७९ जेठ २७ शुक्रबार
kp-oli-biratnagar.jpg

मोरङ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका विरुद्ध कसैले एक्लै लड्ने आँट  गर्न नसक्ने बताएका छन् । विराटनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमालेसँग एक्लै लड्न आँट नगरेको बताएका हुन् ।

स्थानीय तह निर्वाचनमा एमालेका विरुद्ध अन्य दलहरूले धुरा कसेर चुनाव लडेको बताए । एमाले पार्टीसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता असाधारण रहेको चुनावले पुष्टि गरेको उनको भनाइ छ । चुनावमा केही सिट कमी भए पनि मत भने लोकप्रिय रहेको बताए ।

मोरङका १७ मध्ये ९ वटा पालिका जितेको बताउँदै उनले एमालेसँग क्षमता रहेको बताए । उनले गठबन्धन फुटे धुलो पिठो हुने दाबी गरे । अब गठबन्धन एका तर्फ र जनता एका तर्फ रहने उनले बताए । उनले गठबन्धन फुटाउनु पर्ने कुरा उठेको बताउँदै गठबन्धन फुटे त्यहाँ रहेका दल धुलो पिठो हुने बताए ।

उनले एमालेसँग कसैले प्रतिस्पर्धा नै गर्न नसक्ने भन्दै कांग्रेस माओवादी सहितको गठबन्धन आफ्नो बराबरी नभएको जिकिर गरे । उनले भने -गठबन्धनको उचाइ घुँडासम्म मात्र हो, बराबरीको सपना नदेखे हुन्छ  । 

एक्लै चुनाव लड्दा पनि एमालेले लोकप्रिय मत लाएको ओलीले दावी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ