पुटिनले गरे इसीएचआरका निर्णय पालना नगर्ने कानूनमा हस्ताक्षर
सिन्ह्वा,
प्रकाशित २०७९ जेठ २९ आइतबार
891
Shares
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले मानव अधिकारको युरोपेली अदालत (इसीएचआर) को निर्णयको पालना नगर्ने कानूनमा हस्ताक्षर गरेको क्रेमलिनले शनिबार जनाएको छ।
कानूनअनुसार रूसले युरोपेली काउन्सिलबाट बाहिरिने घोषणा गर्दा मार्च १५ पछि अपनाईएको इसीएचआर नियमहरू पालना गर्नेछैन ।
साथै, ईसीएचआर द्वारा मूल्याङ्कन गरिएको क्षतिपूर्ति रूबलमा मात्र बनाइनेछ र रूसी बैंकहरूका खाताहरूमा मात्र हस्तान्तरण गरिनेछ।
उक्त विधेयक फेडरेशन काउन्सिल वा रुसी संसद्को माथिल्लो सदनले बुधबार स्वीकृत गरेको हो ।