arrow

भक्तपुरको बोडेमा साहुको हत्या, चारजना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २९ आइतबार
nepal-police12.jpg

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–८ बोडेमा स्थानीय ५१ वर्षीय कल्याण साहुको आज हत्या भएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । 

काठको फर्माले हानेर हत्या गरेको अवस्थामा बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा साहुको शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । प्रहरीले घटनास्थलबाट रगताम्मे भएको फर्मा बरामद गरेको छ । 

घटनाबारे अनुसन्धान गरिरहेको पाण्डेले बताए । प्रहरीले साहुको शव परीक्षणका लागि शिक्षण अस्पताल दुवाकोट पठाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ