साइकललाई जोगाउने क्रममा बस खाल्डोमा खस्यो, घाइते २५ मध्ये दुई गम्भीर
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३१ मंगलबार
588
Shares
इनरुवा । सुनसरीको कोसी गाउँपालिका–७ हरिपुर सडकखण्डमा बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ६५६४ नंको बस अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो ।
विपरीत दिशाबाट आउँदै गरेको साइकलमा सवार यात्रुलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटनामा परेको अनुमान गरिएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । घाइतेको जिल्ला अस्पताल इनरुवा, सैनिक अस्पताल इटहरी र विराटनगरमा उपचार भइरहेको छ ।
घाइतेमध्ये देवकुमारी चौधरी र भूराज खत्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।