arrow

नेपालमा सेना पस्ने कुरा

नेपालमा सैन्य गठबन्धन पस्न लाग्यो भन्ने कुरा सत्य होइन : परराष्ट्र मन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३१ मंगलबार
narayan-khadka11.jpg

काठमाडौं । परराष्ट्र मन्त्री नारायण खड्काले नेपालमा सैन्य गठबन्धन पस्न लाग्यो भन्ने कुरा सत्य नभएको बताए । परराष्ट्र नीति सम्बन्धी प्रश्नको उत्तर दिँदै उनले भने,' सैन्य गठबन्धन नेपालमा पस्न लाग्यो भन्ने कुरा सत्य होइन । म विश्वस्त पार्न चाहन्छु ।' 

परराष्ट्र मन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमण सैन्य प्रयोजनका लागि नभएको बताए । उनले भने,' सैन्य प्रयोजनका लागि प्रधानमन्त्री अमेरिका जाने कुनै पनि कुरा होइन । यो भन्दा अघिको सरकारलाई देशभक्त हामीले भनेका थियौ । त्यो भन्दा कम यो सरकारका प्रधानमन्त्री मन्त्रीहरू पनि छैनन् ।'

उनले बेलाबेलामा हुने  उच्च स्तरको भ्रमण सामान्य कुरा भएको बताए । उनले भने,' यस्तै प्रधानमन्त्रीको अमेरिका भ्रमण उच्च स्तरको भ्रमण भई नै रहन्छ । चीनका राष्ट्रपति यहाँ आउनुभयो । तत्कालीन प्रधानमन्त्री केपी ओली चीन जानुभयो । राष्ट्रपति चीन जानु भयो । ओली जी भारत जानु भयो यस्तो भई रहन्छ । उच्चस्तरीय भ्रमण पनि आफ्नो परराष्ट्र नीति आफ्नो हितलाई प्रवर्द्धन गर्ने माध्यम हो ।' 

उनले राजा महेन्द्र वीरेन्द्र पनि अमेरिका भ्रमणमा गएको बताए । उनले भने ,' अमेरिका १९९३ मा वीरेन्द्र त्यो भन्दा अघि वीरेन्द्र भएका थिए । २००२ मा प्रम देउवा जानुभएको थियो । वीपी कोइराला युएनमा जानुभएको थियो । यो सरकार र अमेरिकालाई उपयुक्त हुने नीतिको आधारमा जाने भन्ने कुरा हो ।' 

अमेरिका सेनाको इन्डो प्यासिफिक कमाण्डका जनरल चार्ल्स ए फ्लिनको भ्रमणपछि नेपालमा  सैन्य गठबन्धन पस्न लागेको कुरा चल्दै आएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ