arrow

सातै प्रदेशले एकैपटक आज बजेट ल्याउँदै, प्राथमिकतामा कृषि क्षेत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
budget-2079-080.jpg

काठमाडौं । मुलुकका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७९–०८० को बजेट आज सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् ।

संविधानअनुसार संघ सरकारले १५ जेठमा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्न लागेका हुन् । सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् ।  

प्रदेश सरकारले आ–आफ्नो प्रदेशअनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् । खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छ ।

संघ सरकारले पनि कृषिलाई विशेष प्राथमिकतामा राखेको छ । सोअनुसार प्रदेश सरकारले पनि कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याउन लागेको हो । 

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

संघको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारले बजेट ल्याउँदैछन् । सात वटै प्रदेश सरकारको चालु आवको बजेट २ खर्ब ६१ अर्ब रहेको छ । 

प्रदेश १ ले ३८ अर्ब, मधेस प्रदेशले ३४ अर्ब, बागमती प्रदेशले ६० अर्ब, गण्डकी प्रदेशले ३० अर्ब ९६ करोड, लुम्बिनी प्रदेशले ४१ अर्ब, कर्णाली प्रदेशले ३६ अर्ब ५४ करोड र सुदूरपश्‍चिम प्रदेशले ३४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ