arrow

ट्रक सञ्चालन नगर्ने चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
truck-Photo.jpeg

बाँके । बाँकेका ट्रक व्यवसायीहरुले आफ्नो व्यवसाय धराशयी भएको जनाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् । व्यवसायीले सरकारकै कारण आफूहरु व्यवसायबाट पलायन हुने अवस्थामा पुगेको आरोप लगाउँदै सरकारले निर्धारण गरेको ढुवानी भाडा कार्यान्वयन गर्न आग्रहसमेत गरेका छन् । 

नेपालगञ्ज ट्रक व्यवसायी समितिका अध्यक्ष महेन्द्र मल्लले सरकारले व्यवसायीको सवालमा नीति बनाउन नसक्नाले र बनाएका नीति पनि कार्यान्वयन नभएकाले ट्रक व्यवासायीहरु पलायन हुने अवस्था रहेको बताए ।

सरकारका करण व्यवसायीले आफ्ना ढुवानीका साधन थन्क्याउनुपर्ने अवस्थामा पुगेको उल्लेख गर्दै उनले जायजेथा राखेर गरिएको व्यवसाय आज निल्नु न ओकल्नु जस्तै भएको बताए । राज्यको कर प्रणाली चुस्तदुरस्त नहुनु, इन्धन र गाडीको अस्वाभाविक मूल्यवृद्धि, नीतिगत उल्झन लगायतका कारण अरबौँ लगानी रहेको ट्रक व्यवसायी पलायनको अवस्थामा पुगेको उनले जाकारी दिए ।

कोहलपुर ट्रक प्रालिका अध्यक्ष यज्ञबहादुर ओलीले इन्धन र गाडीका पाटपुर्जाको मूल्यवृद्धि हुँदा सरकारले ढुवानी भाडा नबढाएको गुनासो गरे । उनले ढुवानी भाडा नबढाए पनि सरकारले तोकेको ढुवानी भाडासमेत आफूहरुले  पाउन नसकेको उल्लेख गरे ।

पछिल्लो पटक सरकारले तराईमा प्रतिकिलोमिटर रु ७ रुपैया ६२ पैसा र पहाडमा प्रतिकिलोमिटर १४ रुपैयाँ ४८ पैसा ढुवानी भाडा निर्धारण गरेको छ । सो भाडा पनि सरकारले ढुवानी व्यवसायीलाई दिलाउन नसकेको बताइएको छ । 

सिद्ध कैलाश ट्रक प्रालिका महासचिव रत्नबहादुर थापाले  नियमनकारी निकाय मौन भएर बसेका कारण व्यापारीहरु मोटाउने र ढुवानी व्यवसायी ठगिनुपर्ने अवस्था आएको बताए । ट्रक व्यवसायीहरुले चुङ्गी कर, सडक कर र गद्दी खर्च लगायतका करले  व्यवसायी पीडित हुनु परेको गुनासो गरेका छन् । उनीहरुले आयकर र अग्रिम करलाई व्यावहारिक बनाउनसमेत माग गरेका छन् ।

भेरी ट्रान्सपोर्ट एसोसिएशन, भेरी अञ्चल ट्रक समिति, नेपालगञ्ज ट्रक प्रालि, कोहलपुर ट्रक प्रालि र सिद्ध कैशाल ट्रक प्रालिले कार्यगत एकता गरेर यही असार २ गतेदेखि ट्रक सञ्चालन नगर्ने चेतावनी दिएका छन् । बाँकेमा करिब एक हजार ट्रक व्यवसायी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ