arrow

पोखराका मेयरलाई मायाको चिनो ‘आफ्नै प्रतिवद्धताको लिष्ट’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
dhanraj acharya pokhara.jpg

पोखरा । पोखराका मेयर धनराज आचार्यलाई अटेरी अभियानले सुझावमूलक मायाको चिनो हस्तान्तरण गरेको छ । बुधबार बिहान अटेरी अभियानका अभियन्ताले मेयर आचार्यलाई भेटेर मायाको चिनो हस्तान्तरण गरेका हुन् ।

पदभार ग्रहण गरेपछि एक वर्षभित्र पूरा गर्ने प्रतिवद्धता गरेका योजनाहरुको लिष्ट बनाएर अभियानले मेयर आचार्यलाई बुझाएको हो । स्थानीय तह निर्वाचनमा निर्वाचन संयोजकको भूमिकामा रहेका अभियन्ता हरि कार्कीले घोषणापत्रमा समावेश गरिएका बुँदालाई सुझावको रुपमा मेयर आचार्यलाइ हस्तान्तरण गरेको बताए । 

‘पोखरा महानगरपालिका प्रमुखको रुपमा पदभार ग्रहण गरि सकेपछि मेयर साबले एक वर्षभित्र पूरा गर्ने प्रतिबद्धता जनाउनु भएका योजनालाई हामीले लिस्ट बनाएर दिएका छौं । ताकि उहाँलाई आफ्नो चुनावी बाचा सम्झिन सजिलो होस्,’ उनले भने ।

काम गर्नु र गरिरहनुमा फरक रहेको बताउँदै कार्कीले अभियानको तर्फबाट सफल कार्यकालको शुभकामना दिएको बताए । महानगरपालिका बनाउनका लागि अभियानले सिर्जनात्मक दबाब दिइरहने उनले बताए । मेयर आचार्यको मायाको चिनोमा उनले नै प्रतिवद्धता गरेका २५ वटा बुँदा काम गरिसक्ने मिति नै उल्लेख गरेर समावेश गरिएको छ । 

आगामी संघ र प्रदेशको चुनावमा स्वतन्त्र उम्मेद्वारलाई एकजुट बनाउन अभियानका परिकल्पनाकार गनेस पौडेल देश दौडाहामा निस्केका छन् । देशव्यापी छलफलपछि स्वतन्त्र उम्मेद्वारको समूह बनाउन पहल गरिने कार्कीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ