arrow

यू-१५ क्रिकेटमा गण्डकी प्रदेश पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
cricket.jpg

पोखरा । नेपाल यू-१५ क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश पराजित भएको छ । गण्डकी प्रदेश नं. १ संग चार विकेटले पराजित भएको हो । बलियो नेपाल न्यूट्रसिन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा काठमाडौंस्थित मूलपानी मैदानमा प्रतियोगिता शुरु भएको हो । 

बर्षाका कारण १२ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको गण्डकी ४१ रनमै अलआउट भयो । गण्डकी प्रदेशलाई सस्तैमा समेट्ने क्रममा प्रदेश नं. १ का कृत्तिक कामत एक्लैले चार विकेट लिए । जवाफमा ४२ रनको लक्ष्य पच्छ्याएको प्रदेश नं. १ ले १०.५ ओभरमा छ विकेट गुमाएर पूरा गर्यो ।

यस्तै, दोस्रो खेलमा बागमती प्रदेशले बलियो ११ माथि २२ रनको जित दर्ता गर्यो । १२ ओभरमा छोट्याइएको खेलमा टस जितेर ब्याटिङ्ग रोजेको बागमतीले छ विकेट गुमाएर १३५ रन बनाएको थियो ।

बागमतीका लागि आकाश खत्रीले ३२ बलमा ५१ रन जोडे । बलियो ११ का जेनिश पुन मगरले सर्वाधिक तीन विकेट लिए । 

जवाफमा १३६ रनको लक्ष्य पच्छ्याएको बलियो ११ ले १४.४ ओभरमा सबै विकेट गुमाउँदा ११३ रनमै अल आउट भयो । बलियो ११ का पारस अएरले ४३ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले खासै योगदान गर्न सकेनन । बागमतीका रोमन विष्टले चार विकेट लिए ।  

नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का, बलियो नेपाल न्युट्रिसन इनिसिएटिभका प्रमुख कार्यकारी अधिकृत डा. अतुल उपाध्यायले ब्याटिङ्ग र बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यातले विकेट किपिंग गर्दै खेल शुभारम्भ गरेका थिए ।



नयाँ