यौन दुर्व्यवहारको आरोप लागेपछि पत्रकार बलामीले दिए राजीनामा
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३ शुक्रबार
1.3k
Shares
काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेपछि चलचित्र पत्रकार संघका महासचिव समीर बलामीले पदबाट राजीनामा दिएका छन् ।
महिला पत्रकारमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि बलामीले ‘अनुसन्धानका लागि सहज होस् भनेर राजीनामा दिएको चलचित्र पत्रकार संघलले जनाएको छ ।
संघका अध्यक्ष दिनेश सिटौलाले विज्ञप्ति जारी गर्दै बलामीको राजीनामा स्वीकृत भएको जनाएको छ । बलामीले राजीनामा दिएपछि संघको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले राजीनामा स्वीकृत गरेको हो।
६ वर्षअघि संघको चुनावका क्रममा महिला पत्रकारलाई होटलमा लगेर यौन दुर्व्यवहार गरेको आरोप उनीमाथि छ ।