- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । आयोजक हेमजा युनाइटेडले छैटौं हेमजा अन्तर्राष्ट्रिय गोल्डकपमा विजयी शुरुआत गरेको छ । उद्घाटन खेलमा वीरगञ्ज युनाइटेडलाई ३-१ गोल अन्तरले पाखा लगाउँदै हेमजाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
हेमजाको जितमा म्यान अफ द म्याचसमेत भएका सुमन अर्यालले दुई तथा र कमल थापा मगरले एक गोल गरे । वीरगञ्जका लागि कृप चौधरीले सान्त्वना एक गोल फर्काए । विजयी हेमजाले फाइनल प्रवेशका लागि अब खुमलटार एफसी र बागमती एफसी बिचको विजेतासंग आगामी ८ गते खेल्नेछ ।
प्रतियोगिताको विजेताले छ लाख र उपविजेताले नगद तीन लाख रुपैयाँ नगद पुरस्कारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी सर्वोत्कृष्ट खेलाडीले ५० हजार, सर्वाधिक गोलकर्ताले २५ हजार, उत्कृष्ट डिफेण्डर, मिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले जनही २०÷२० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपाल एपिएफ क्लब, चर्च व्याइज, अफ्रिकन टोली क्यामरुन, खुमलटार क्लब, कालिका स्पोर्ट्स चितवन, बाग्मती युवा क्लब, वीरगञ्ज युनाइटेड र आयोजक टिम हेमजा युनाइटेड सहभागी छ ।
हेमजा युनाइटेड क्लवको आयोजनामा पोखरा महानगरपालिका वडा नं. २५ हेमजास्थित गौरीशंकर खेलमैदानमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको शुभारम्भ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका थिए । उक्त अवसरमा मेयर आचार्यले खेल पूर्वाधार विकासका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।