arrow

वेष्ट इन्डिज जित नजिक, बंगलादेश २४५ रनमा समेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ५ आइतबार
west-bangla.jpg

काठमाडौं ।  बंगलादेश भ्रमणमा रहेको बेष्ट  इन्डिज जित नजिक पुगेको छ । पहिलो खेलको तेस्रो दिन वेष्ट इन्डिज केमार रोच (५३/५) र अल्जारी जोसेफ (५५/३) को सटिक बलिङले जीत नजिक पुगेको हो । 

एन्टिगुवाको सर भिभियन रिचर्ड्स स्टेडियममा भइरहेको खेलको दोस्रो इनिङ्समा बंगलादेशले जितका लागि ८४ रनको लक्ष्य दिएको थियो ।

बंगलादेशले दिएको ८४ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले तेस्रो दिनको खेल सकिँदा तीन विकेटमा ४९ रन बनाएको छ । 

जर्मेन ब्ल्याकवुड (१७) ओपनर जोन क्याम्पबेल (२८)सँग अविजित फर्किए। टोलीले पहिलो चार ओभरमा ९ रनमा तीन विकेट गुमाएको थियो ।

बंगलादेशका लागि खालिद अहमदले तीन विकेट लिए । बंगलादेशको टोलीले दुई विकेट गुमाएर ५० रन बनाएर खेल शुरु गरेको थियो । 

पहिलो इनिङ्समा १०३ रनमा आउट भएको टोलीले दोस्रो इनिङ्समा २४५ रन मात्रै बनाउन सकेको थियो । 

बंगलादेशको तर्फबाट कप्तान शकिब अल हसन (६३) र विकेटकिपर नुरुल हसन (६४) मात्रै पचास रन बनाउन सके ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ