arrow

अर्बपति सर्गेई ब्रिनको सम्बन्ध विच्छेद, चार वर्ष पनि टिकेन सम्बन्ध 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ६ सोमबार
gergei-brin-google.jpg

काठमाडौं । गुगलका सह–संस्थापक सर्गेई ब्रिनले श्रीमतीसँग सम्बन्धविच्छेद गरेका छन् । विश्वका शीर्ष १० धनी व्यक्तिको सूचीमा परेका अर्बपति ब्रिनले ‘मिलाउन नसकिने भिन्नता’ देखाउँदै सम्बन्ध विच्छेदका लागि यसै महिनाको शुरुमा निवेदन दिएका थिए । 

सन् २०१८ को नोभेम्बर ७ मा बन्धनमा बाँधिएका यी दुईबीच सन् २०१५ मा देखभेट भएको थियो । सर्गेई ब्रिन र निकोल शानाहानको दुई वर्षकी छोरी छिन् । 

क्यालिफोर्नियाको सान्ता क्लारा काउन्टीमा पेस गरिएको अदालतको फाइलिङअनुसार डिसेम्बर २०२१ मा दुवै अलग भएका थिए । बिया–इको फाउन्डेसनकी संस्थापक शानाहानले गर्भवती हुन धेरै संघर्ष गर्नु परेको बताएकी थिइन् । उनको संस्था वातावरणीय र सामाजिक न्यायका लागि समर्पित छ ।

सन् २०१८ मा दुई जनाले प्रजनन समस्याहरूमा समर्पित चिकित्सा अनुसन्धान फर्म बक इन्स्टिच्युटको सह–स्थापना गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ