arrow

कश्मीरमा उत्पादन हुने ब्याटले लियाे अन्तर्राष्ट्रिय बजार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ६ सोमबार
willow-bats-kashmir.jpg

काठमाडौं। भारतस्थित कश्मीरको ब्याट उत्पादन गर्ने उद्योगले मारेको ठूलो फड्को स्वरुप तीन अन्तर्राष्ट्रिय क्रिकेट टीमले कश्मीरमा उत्पादन हुने चर्चित विलो ब्याट किन्ने भएका छन् ।

सन् १९४७ देखि कश्मीरमा लाखौं विलो ब्याट उत्पादन हुँदै आएका थिए। तर गत वर्ष ओमानी खेलाडी बिलाल खान र नसीम खुशीले टी–२० विश्वकपमा कश्मीरी विलो ब्याट प्रयोग गरेपछि मात्रै यसले अन्तर्राष्ट्रिय बजारमा स्थान बनाएको थियो ।

स्थानीय ब्याट उत्पादक एकाइका अनुसार करिब क्रिकेट खेल्ने नौ राष्ट्रका आयातकर्ताले विलो ब्याटका लागि अर्डर दिएका छन् । यस वर्ष अष्ट्रेलियामा हुने एसिया कप र टी–२० विश्वकपमा कश्मीरी ब्याट खेल्ने उनीहरुको भनाइ छ।

'अफगानिस्तान, बंगलादेश, युएई, कतार, बहराइन, पाकिस्तान, श्रीलंका, न्यूजिल्यान्ड, दक्षिण अफ्रिका र डेनमार्क कश्मीरी विलो ब्याट प्रयोग गर्न सहमत भएका छन्,' जीआर ८ स्पोर्टका मालिक फवजुल कबीरले भने ।

उपत्यकाका ब्याट उत्पादकहरू उनीहरूको उत्पादनले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेकोमा उत्साही भएको उनले बताएका छन् ।

कबीरले आफ्नो कम्पनीले हालै अफगानिस्तान राष्ट्रिय टोलीका ६ जना क्रिकेटरहरूसँग उनको ब्याट प्रयोग गर्न सम्झौता गरेकोसमेत बताएका छन् ।

इतिहासमा पहिलो पटक गत अक्टोबरमा आईसीसी टी–२० विश्वकपमा कश्मीरी विलो ब्याट प्रयोग भएकाले टिमले अंग्रेजी विलोभन्दा कश्मीरी ब्याटलाई प्राथमिकता दिनेमा आफूहरु आशावादी रहेको उनले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ