arrow

वालेन्द्रले पेश गरे नीति तथा कार्यक्रम सर्वसम्मत पारित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ९ बिहिबार
balens.PNG

काठमाडौं ।काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ । महानगर प्रमुख वालेन्द्र शाहले नगर अधिवेशनको पहिलो बैठकमा पेश गरे नीति तथा कार्यक्रम आज बसेको नगरसभाले सर्र्वसम्मतरूपमा पारित गरेको हो । 

महानगर प्रमुख शाहले ४१ बुँदामा आव २०७८/०७९ को वार्षिक समीक्षा प्रस्तुत गर्दै १६३ बुँदामा क्षेत्रगत नीति तथा कार्यक्रम प्रस्तुत गरे थियो । नीति तथा कार्यक्रममाथि वडाध्यक्षसहित ११ जना नगरसभा सदस्यले धारणा राखेका थिए ।

उनीहरुले एकीकृत सञ्चार ऐन तर्जुमा गर्नुपर्ने, राजस्व प्रशासन करमैत्री हुनुपर्ने, वडा भवन निर्माण गर्नुपर्ने, सुस्त श्रवणशक्ति भएकाका लागि दोभासेको व्यवस्था गर्नुपर्ने, अपाङ्गमैत्री पैदलमार्ग, विद्युतीय सवारी प्रयोग बढाउनुपर्ने लगायतका सुझाव राखेका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ