arrow

संवैधानिक नियुक्ति : निर्णयको सक्कल फाइल झिकाउन आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ९ बिहिबार
supreme-court-long.jpg

काठमाडौं । संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमा सर्वोच्च अदालतले सक्कल फाइल झिकाउन पुनः आदेश दिएको छ । बुधवार बसेको सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त आदेश दिएको हो । 

यसअघि पनि संवैधानिक इजलासले सोही आदेश दिएको थियो तर परिषद् कार्यालयले मिसिल उपलब्ध गराएको छैन ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशका आधारमा संवैधानिक परिषद्को बैठक सञ्चालनसम्बन्धी कार्यविधि परिवर्तन गरी विभिन्न संवैधानिक नियुक्ति गरेको थियो । 

उक्त नियुक्ति विरुद्ध अधिवक्ता ओमप्रकाश अर्याल र दिनेश त्रिपाठीलगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले संवैधानिक परिषद्को निर्णयको सक्कल मिसिल झिकाउन आदेश दिएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ