arrow

मानव अधिकार संरक्षणका लागि सरोकारवालाबीच सहकार्यमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ९ बिहिबार
inces.jpg

काठमाडौं । इन्सेकद्वारा काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा मानव अधिकार संरक्षणका लागि सरोकारवालाबीच सहकार्यमाको आवश्यकतामा जोड दिइएको छ ।

इन्सेकले आयोजना गरेको मानव अधिकार संरक्षणको सवालमा राष्ट्रिय मानव अधिकार संस्थाहरूसँग अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार संरक्षणका लागि समन्वय र सहकार्यका साथ अघि बढ्ने बताए ।

उनले भने-'मानव अधिकार संरक्षणका लागि सहकार्य र समन्वयका लागि आयोग हरहमेशा तयार छ ।'

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले सहकार्यका साथ काम गर्दा सकारात्मक परिणाम प्राप्त हुने बताए ।

राष्ट्रिय समावेशी आयोगकी सदस्य विष्णु ओझाले पहुँचका आधारमा न्याय निरूपण हुन नहुने बताउँदै सबैले न्याय पाउने वातावरण निर्माणका लागि राष्ट्रिय मानव अधिकार संस्थाहरूको सहकार्यमा जोड दिए ।

राष्ट्रिय दलित आयोगका सदस्य जिवछ यादवले सबै आयोग र मानव अधिकार संस्थाहरूले संयुक्त रूपमा काम गर्नु पर्ने बताए ।

इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोग र अन्य आयोगले सरकारलाई गरेका सिफारिश कार्यान्वयनका लागि दबाब दिनु पर्ने बताइन् ।

उनले भनिन्-'मानव अधिकार संरक्षणका सवालमा सहकार्य र समन्वयका लागि राष्ट्रिय मानव अधिकार आयोगले नेतृत्व लिनु पर्दछ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ