arrow

नेपालमा मुख्यतया दुई वटा मात्र राजनीतिक पार्टी छन् : ओली

एमाले र कांग्रेसले ठिक काम नगरे अर्को आए अस्वीकार गर्ने भन्ने कुरा हुँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १० शुक्रबार
kp-oli-balkot-meet.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा मुख्यतया दुई वटा मात्र राजनीतिक पार्टी रहेको बताएका छन् । 

बिहीबार राजधानीको एक कार्यक्रममा बोल्दै ओलीले राम्रो काम नगरे त्यसको अपवादको रूपमा नयाँ शक्तिले जन्म लिन सक्ने बताए । 

उनले एमाले घाम जुन रहुन्जेल रहने, नेपाली कांग्रेस घाम जुन रहुन्जेल रहन्छ भन्ने चाहिँ नरहेको भनेर हँसाए ।  राजनीति र राजनीतिक सङ्गठनमा विचारको महत्त्व बढी हुने उनले सुनाए । 

उनले भने,' अहिलेको यथार्थ के हो भने नेपालमा आधारभूत मुख्य रुपमा दुई वटा पोलिटिकल पार्टी छन् । एमाले र कांग्रेस । यिनीहरूले ठिक काम गरेनन् भने कोही पनि ठिक काम नगरेर पनि लोकप्रिय भइरहने, अघि बढी रहने, जनताले विश्वास गरिरहने, माया गरिरहने, साथ दिइरहने निष्क्रिय भए पनि, यो भन्दा राम्रो काम गर्ने अर्को आयो भने पनि त्यसलाई अस्वीकार गर्ने भन्ने कुरा हुँदैन ।'

उनले युवाहरूमा राजनीतिप्रति घृणा नभई आकर्षण बढेको बताए । स्वतन्त्र उम्मेदवारको विजयीलाई अपवादको रूपमा लिनुपर्ने उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ