arrow

शुक्रबारदेखि सौर्यमण्डलका पाँच ग्रह एकै लाइनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १० शुक्रबार
planet-space-universe.jpg

काठमाडौं । हाम्रो सौर्यमण्डलका पाँचवटा प्रमुख ग्रहहरू शुक्रबारदेखि एक दुर्लभ ग्रह संयोजनका कारण एकै पङ्क्तिमा चम्किदैछन् । यदि आकाश सफा रह्यो भने बुध, शुक्र, मंगल, बृहस्पति र शनि ग्रहलाई बिहान सबेरै नाङ्गो आँखाले एकै लाइनमा देख्न सकिनेछ ।

सामान्यतया सूर्यको उज्यालो प्रकाशका कारण अस्पष्ट रहने बुध ग्रह हेर्नको लागिसमेत यो विशेष अवसर हो । ग्रहहरुको यो विशेष संयोजन शुक्रबार सबैभन्दा राम्रो देखिनेछ । तर विश्वका अधिकांश भागहरूबाट सोमबारसम्म देखिनेछ।

यसअघि अन्तिम पटक यस्तो संयोजन सन् २००४ मा देखिएको थियो र यो फेरि सन् २०४० सम्म देखिने छैन । यी ग्रहहरू क्षितिजको नजिकबाट फैलिएको मोतीको तार जस्तै देखा पर्ने अन्तरिक्ष वैज्ञानिक र लोकप्रिय खगोल विज्ञान सोसाइटीका प्रमुख स्टारगेजर प्रोफेसर लुसी ग्रीनले बताएका छन् ।

यो एक विशेष घटना यसकारण पनि हो कि ग्रहहरू सूर्यबाट राखिएको क्रममा देखा पर्नेछन् । पृथ्वीबाट सौर्यमण्डलमा हेर्ने हाम्रो दृष्टिकोणका कारण ग्रहहरूको यो संयोजन सधै नहुने प्रोफेसर ग्रीनको भनाइ छ ।

शुक्रबार अर्धचन्द्राकार चन्द्रमा पनि यस लाइनमा शुक्र र मंगल ग्रहको बीचमा देखा पर्नेछ । उत्तरी गोलार्धका दर्शकहरूले सूर्योदय अघि ४५ देखि ९० मिनेटसम्म उत्कृष्ट दृश्य प्राप्त गर्नेछन् ।

उष्णकटिबंधीय र दक्षिणी गोलार्धका मानिसहरूले राम्रो दृश्य प्राप्त गर्न सक्छन् । किनभने यी ग्रहहरू सूर्योदयअघि आकाशमा माथि उठ्ने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ