arrow

कहिले लगाइन्छ बाँकी पचास जिल्लाका बालबालिकालाई काेराेना विरुद्धकाे खोप ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १० शुक्रबार
health-vaccine-children.jpg

काठमाडौं । सरकारले बिहीबार अर्थात् असार ९ गतेदेखि देशभर २७ जिल्लामा ५ वर्षभन्दा माथिका र १२ वर्षमुनिका बालबालिकाहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरेको छ । 

पहिलो चरणमा २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो डोज खाप लगाउन थालिएको हो । यस्तै यी २७ जिल्लाका बालबालिकालाई पहिलो खोप लगाइसकेपछि साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यी हुन् पहिलो चरणमा खोप सञ्चालन भएका २७ जिल्ला

यस्तै दोस्रो चरणमा बाँकी ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा खोप लगाइने स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख सागर दाहालले बताएका छन् ।

५० जिल्लाका बालबालिकाहरुलाई पहिलो मात्रा लगाइसकेपछि भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप लगाइने भएको छ ।

पहिलो चरणको खोप लगाएक २७ जिल्लामा दोस्रो मात्रा लगाउनु पर्ने हुँदा र खोप सञ्चालन सम्बन्धी तालिम दिनु पर्ने भएका कारण ५० जिल्लामा भदौ ५ देखि खोप अभियान सञ्चालन हुने भएको खोप शाखाका प्रमुख दाहालले बताएका छन् ।

पहिलो चरणमा पाँच वर्षदेखि १२ वर्षमुनिका ३९ लाख बालबालिकालाई कोरोना भाइरसविरुद्धको  ‘फाइजर बायोएनटेक’ खोप लगाइदै छ ।

विद्यार्थीहरुले आफ्नो नजिकैको विद्यालयमा गएर खोप लगाउन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ