arrow

पाँचौं टेष्ट खेल्न इंग्ल्याण्ड पुगेका भारतीय कप्तानलाई संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १२ आइतबार
rohit-sharma2.jpg

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मालाई कोरोना भाइरस संक्रमण भएको छ ।

पाँचौं टेष्ट खेल्न इंग्ल्याण्ड पुगेका शर्मालाई कोरोना संक्रमण भएको हो । 

रोहित शर्मा शनिवार र्‍यापिड एन्टिजेन टेस्टमा कोरोना संक्रमण पाइएको बीसीसीआईले ट्विटर मार्फत जानकारी दिएको छ । 

शर्मा अहिले होटल आइसोलेसनमा रहेको र बीसीसीआईको मेडिकल टोलीको निगरानीमा रहेको बताइएको छ ।

गत हप्ता लण्डन पुगेका विराट कोहलीमा पनि कोरोना संक्रमण देखिएको थियो । तर, अहिले उनी पनि ठिक छन् ।

भारत र इंग्ल्याण्डबीचको एक मात्र टेस्ट जुलाई १ देखि सुरु हुँदै छ । गत वर्ष भारतीय टोली पाँच खेलको टेष्ट सिरिज खेल्न इंग्ल्याण्ड पुगेको थियो तर चार खेलपछि भारतका केही खेलाडी र प्रशिक्षकमा कोरोना संक्रमण देखिएको थियो । यस्तो अवस्थामा भारतीय टोलीले चार टेस्टपछि पाँचौं टेस्ट खेल्न अस्वीकार गरेको थियो । 

यो भ्रमणमा त्यही टेस्ट खेलले पूर्णता पाउनेछ । पाँच टेस्टको शृङ्खलामा भारतीय टोली अहिले २–१ ले अगाडि छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ