arrow

अर्थ मन्त्रालयको जेठ १४ को सीसीटीभी फुटेज सार्वजनिक गर्न कृष्णगोपालको माग 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १२ आइतबार
krishna-gopal-shrestha-parliament.jpg

काठमाडौं । एमाले सांसद कृष्णगोपाल श्रेष्ठले १४ जेठमा बजेट निर्माणमा अनधिकृत मान्छे सहभागी भएको सीसीटीभी फुटेज अविलम्ब सार्वजनिक गर्न माग गरेका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा वर्तमान अर्थमन्त्री जनार्दन शर्माले १४ जेठमा अनधिकृत मान्छे सहभागी गराई बजेट बनाएकाले अर्थमन्त्रीले तत्काल राजीनामा दिन माग गरे । 

एमाले अर्थमन्त्री भरतमोहन अधिकारीको पालामा बजेटमा भएको मानवीय त्रुटिका कारण तत्कालीन अर्थ सचिवले राजीनामा दिएको उनले बताए । 

यस्तै, पूर्वअर्थमन्त्री डा. रामशरण महतले पनि बजेटका विषयमा सांसदहरूले प्रश्न उठाएपछि आफूले तत्काल राजीनामा दिएको उल्लेख गर्दै अहिलेका अर्थमन्त्री शर्मालाई पनि राजीनामा दिन माग गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ