arrow

बजेटको आलोचना गर्न ओलीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १३ सोमबार
kp-oli-new.jpg

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटको आलोचना गर्न  व्यवसायीलाई आग्रह गरेका छन्  ।

एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको कार्यक्रममा अध्यक्ष ओलीले सरकारले समग्र उद्योग र व्यवसायलाई नभई सीमित घरानालाई लाभ हुने गरी बजेट ल्याइएको भन्दै आलोचना गर्न आग्रह गरे । 

औलीले आलोचना गर्न नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ लगायतका संस्थालाई आग्रह गरेका छन् । ओलीले उद्योग र वाणिज्य क्षेत्रमा सरकारका गलत कदमको आलोचना गर्नुपर्ने बताए । 

उनले आर्थिक क्षेत्रका लागि नीति बनाउँदा सो विभागले निजी क्षेत्रलाई अगाडि बढ्न प्रोत्साहन गर्ने नीतिसँगै सरकारी स्वामित्वमा रहेका उद्योग, कलकारखाना र आपूर्तिसँग सम्बन्धित संस्थाहरूको संरक्षण हुने गरी राम्रो गृहकार्य गरी आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको पक्षमा सल्लाह सुझाव दिनुपर्ने निर्देशन दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ