arrow

एघार बुँदामा योगेश भट्टराईले माधव नेपालसँगको सम्बन्ध यसरी खुलाए 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १३ सोमबार
madhav-yogesh.jpg

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पदमा बसिरहन शुभकामना दिएका छन् । तत्कालीन नेकपाको विवादमा पार्टी परित्याग नगरी आएका भट्टराईलगायत समूहलाई केही दिन अघि ‘दास’को संज्ञा दिपछि एमाले नेता भट्टराईले दुई सय वर्ष बाँच्न भन्दै पदमा बसिरहन शुभकामाना दिएका हुन् ।

पार्टी कार्यक्रममा काठमाडौंवाट धनगढी हवाइ यात्रामा जाने क्रममा ‘कमरेड माधव नेपाल र म’ शिर्षकमा दुई जनाबीचको सबन्धका बारेमा पनि भट्टराईले उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्–
कमरेड माधव नेपाल र म !

कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्दा र असिस्ट टिप्पणी गर्नु भयो वहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौं । अस्ति फेरि तल्लो स्तरमा झरेर बोल्नुभयो । अनि मैले वहाँकै हित हुने गरी जीवनउपयोगी जवाफ फर्काएँ । समाजवादीका युवाहरुको चित्त दुखेछ । माफ गर्नुहोला तपाईंहरुको चित्त दुखाउनु मेरो मनसाय होइन । अब उनीहरु खुशी हुनेगरी म भन्न चाहन्छु – “कमरेड माधव नेपाल दुईसय बर्ष बांच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !

कमरेड माधव नेपाल र मेरो सम्बन्धका बारेमा केही कुरा–
 
१, पञ्चायतकालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यतिबेला वहाँबाट थुप्रै प्रशिक्षण लिएको छु ।  

२, वहाँमा थुप्रै राम्रा गुणहरु छन् जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै विरोध गरेको छु । वहाँलाई चिनेदेखि वहाँ र मेरो सम्बन्धमा उतार चढाब रहेका छन् र यो जारी रहने छ ।  

३, नेकपा एमालेको पाँचौ महाधिवेशन (२०४९) मा वहाँ अन्तिमतिर मात्रै जनताको बहुदलीय जनवादका पक्षमा खुल्नु भएको हो । हामी शुरुदेखिनै मदन भण्डारीको नेतृत्व र विचारलाई स्थापित गर्न लागेका हौं । 

४, छैटौं महाधिवेशनमा वहाँ पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन वहाँलाई थिएन । 

५, सातौँ महाधिवेशनबाट वहाँ पुनः पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन वहाँलाई थियो ।  

६, आठौं महाधिवेशनमा वहाँले आफ्नो धार बदल्नु भयो । हामी वहाँसँग लागेनौं ।  

७, नवौ महाधिवेशनमा वहाँ पुरानै धारमा फर्कनु भयो । अध्यक्षको उम्मेदवार हुनुभयो । हामीले साथ दियौं । जित्नु भएन ।  

८, प्रधानमन्त्री केपी ओलीका विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिन र गरिन ।  

९, नेकपा एमालेको विभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाइ रह्यो अलग पार्टी बनाउन वहाँलाई मैले साथ दिन सकिन । त्यसमा मलाई पछुतो छैन ।  

१०, २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ । राष्ट्रिय सम्मेलनबाट चुनिएको । वहाँ पार्टीको महासचिव । वहाँ र मेरो बीचमा समस्या उत्पन्न भयो । वहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजीनामा गरिदिएँ ।  

११, म मार्कर्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरुले मलाई ब्यक्ति, घटना र विषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ । गुरुहरुप्रति मेरो सदा सम्मान छ । र मैले कमरेड माधव नेपाललगायत सबैलाई यही माक्कर्सवादी दृष्टिकोणबाट हेर्ने गर्दछु । म कसैको अन्ध समर्थक र अन्ध विरोधी होइन ।  

पुनश्चः कमरेड माधव नेपालसँग सवाल जवाफ गर्नु  मेरो मनसाय होइन ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ