- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दार्चुला । तिंकर सडक निर्माणमा संलग्न कामदारको भीरबाट लडेर मृत्यु भएको छ । व्याँस गाउँपालिका–२ मालगाउँस्थित नाकुरीधार क्षेत्रमा सडक निर्माणका क्रममा भीरबाट लडेर नौगाड गाउँपालिका–४ सिप्टीका अन्दाजी ४५ वर्षिय जय बहादुर धामीको मृत्यु भएको साइट हेर्ने वीरेन्द्र सिह धामीले जानकारी दिए ।
धामी सोमबार बिहान १० बजेतिर भीरबाट करिब ५ सय मिटर तल खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।