arrow

नेपालमा धेरै कृषिजन्य सामग्री आयात हुनु दुःखद कुरा हो : ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १५ बुधबार
KP-OLI-SIR.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका ६० प्रतिशत मानिस कृषि पेशामा भए पनि बाहिरबाट सबैभन्दा धेरै आयात कृषिजन्य सामग्रीमा नै हुने गरेको बताए । 

१९ औँ धान दिवसको अवसरमा भक्तपुरको सिरुटारमा आयोजित रोपाइँ महोत्सवमा बोल्दै ओलीले भने नेपालका ६० प्रतिशत मानिस कृषि पेशामा छन् तर आयातको सबैभन्दा ठूलो हिस्सा कृषिजन्य सामग्री नै हुनु दुःखद कुरा हो । 

'नेपाल कृषि प्रदान देश हो । हाम्रो मुख्य कृषि उत्पादन पनि धान नै हो ।' नेपालको हावापानी र माटो सबै हिसाबले धान उत्पादनका लागि उपयुक्त रहेको बताउँदै ओलीले भने हाम्रो भूभाग र वातावरणलाई हामी आफैले सदुपयोग गर्नु पर्ने पर्दछ ।

आफैले गर्दै आएको लापरबाही, असावधानी, प्रयासहरूको कमीको अन्त्य गर्नुपर्ने बताउँदै उनले आफैँलाई सुधार गरे, आफ्नै जीवनस्तर सुधार गर्नु सकिने रोपाइँ महोत्सवमा सहभागीहरूलाई सुनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ